Logo

ग्राउन्डेड चिनियाँ जहाजबाट मासिक करोड घाटा



काठमाडौं, पुस ८ । गत साउन १५ देखि ग्राउन्डेडचिनियाँ जहाज व्यवस्थापनको टुंगोनलाग्दा नेपाल वायुसेवा निगम मासिकएक करोडभन्दा बढी घाटा बेहोर्न बाध्य भएको छ। २०७१, ७३ र ७४सालमा खरिद गरिएका ती जहाजबाटऋणसहित पाँच अर्ब घाटा लागेकोभन्दै निगमले बेच्ने निर्णय गरे पनित्यसतर्फ कुनै उपलब्धि भएको छैन।

निगमले ती विमान व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो। पर्यटन मन्त्रालयले राय माग्दैअर्थ मन्त्रालयलाई पत्र पठायो। तर अर्थले व्यवस्थापनको जिम्मा पर्यटन मन्त्रालयमार्फत निगम सञ्चालक समितिलाई नै दिएपछि निगम अनिर्णयको अवस्थामा छ। गत साउनमा बसेको निगमसञ्चालक समितिको बैठकले चिनियाँ जहाज उडाउन नसकिने निर्णय गरेयता निगमलाई मासिक पाँच करोडभन्दा बढी घाटा थपिएको छ।

अधिकांश समय नउडाएरै घाटामा गएपछि ग्राउन्डेड भएका ती जहाजको पार्किङ र बिमा शुल्कमा मासिक एक करोड २० लाख रूपैयाँभन्दा बढी खर्च हुने गरेको निगम स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एमए–६० जहाजको दैनिक पार्किङ शुल्क दुई हजार पाँच सय १४ रूपैयाँ छ। बिमाबापत एक हजार ६१ अमेरिकी डलर तिर्नुपर्छ।

त्यस्तै, वाई– १२ जहाजको पार्किङ शुल्क दैनिक ६ सय ८५ रूपैयाँ र बिमाबापत तीन सय १५ अमेरिकी डलर तिर्नुपर्छ। चिनियाँजहाजको बिमा रकम अन्यको भन्दा करिब ३५ प्रतिशत बढी रहेको स्रोतको भनाइ छ। सम्झौता अनुसार किनेको सात वर्षपछि किस्ता तिर्ने समय सुरु हुनै लाग्दा जहाज हटाउने तयारी भएको थियो। उक्त खरिद गर्दा लिएको ऋणतिर्न बाँकी नै छ।

निगमले नागरिक लगानीकोष र कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको त्रैमासिक ब्याजको किस्तासमेत तिर्न बाँकी छ। यता, मासिक करोडभन्दा बढी रकम ग्राउन्डेड जहाजका लागि खर्च गर्नुपर्ने अवस्था छ। त्यसमा पाइलट र प्राविधिकको पारिश्रमिकसमेत जोड्दा मासिक ६ करोडभन्दा बढी खर्च भइरहेको स्रोतको दाबी छ। भएका जहाजको सदुपयोग गरेर सञ्चालन गर्न नसकेको निगमले त्यतिबेला सहुलियतपूर्ण ऋणमा एमए ६० एउटा र वाई १२ई तीनवटा जहाज खरिद गरेको थियो।

चारवटा खरिदगरेबापत चीनले दुईवटा एमए ६० र वाई १२ ई अनुदानमा दिएको थियो। नेपाल ल्याएयता ती जहाजबाट निगमले वार्षिक ३८ करोड रूपैयाँसम्म नोक्सानी बेहोरेको अभिलेख छ।

ती जहाजबाट आव ०७१र७२ देखि ०७५र७६ सम्म एक अर्ब ९० करोड रूपैयाँ घाटा भएको निगम स्रोतको भनाइ छ। घाटामा गएको लामो समय बित्दासमेत अहिले निगमको आन्तरिक उडान संख्या घटेर २५ प्रतिशतमा झरेको छ। कुनै समय १९ वटा जहाजबाट आम्दानी गर्ने निगम अहिले घाटामा रहे पनि उच्च व्यवस्थापन नयाँ जहाज किन्ने तयारीमा छ। जहाज किन्न बनेको उपसमितिले दिएको प्रतिवेदन सञ्चालक समितिमा पुगेको एक महिना नाघिसकेको छ।

उक्त प्रतिवेदन सञ्चालक समितिले गोप्य नैराखेको छ। स्रोतका अनुसार अहिले निगमले फेयर मार्केट भ्यालुका आधारमा एभिआइसी इन्टरनेसनल होल्डिङ कर्पोरेसनलाई नै जहाज फिर्ता गर्ने, नयाँ जहाज खरिद गर्दा डाउनपेमेन्टका रूपमा प्रयोग गर्ने र टेन्डर प्रक्रियामा गएर बिक्री गर्ने लगायतमा अध्ययन गरिरहे पनि समयमै निचोड ननिस्किँदा बोइङ ७५७–२०० कै अवस्था हुन सक्ने चिन्तासमेत देखिन्छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्