Logo

संसद विघटनविरुद्ध परेका १२ रिटको पेशी प्रधानन्यायाधीशको एकल इजलासामा, पहिलो सुनुवाई सुरु



काठमाडौं, ८ पुष । संसद विघटनविरूद्ध परेका १२ रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ । अहिले पहिलो सुनुवाइ सुरु भएको छ । सोमबार दायर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा तोकेका हुन्। संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट सर्वोच्च अदालतमा परेका थिए। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्