एजेन्सी, ८ पुस। बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको छ, जुन तीव्र रुपमा फैलिरहेको छ । नयाँ प्रकार अर्थात् फरक प्रकारको देखिएको कोरोनाको भाइरसबाट अधिक मानिसहरु बिरामी भइरहेका छन्। जसले गर्दा त्यहाँ संक्रमितहरुको संख्या उच्च रुपमा बढिरहेको छ ।
जसका कारण अहिले विश्वका धेरै मुलुकले बेलायतमाथि हवाई उडानमा प्रतिबन्धको निर्णय गरिरहेका छन् ।
यसैगरी बेलायतमा पनि हालसम्मकै कडा प्रतिबन्ध लगाइएको छ । यो परिवर्तित भाइरसले एकदमै कम दिनमा बेलायतमा कयौँ हिस्सामा सामान्य भइसकेको छ ।
बेलायत सरकारका सल्लाहकारहरुले भाइरसको यो नयाँ प्रकार अरुको तुलनामा अधिक संक्रामक रहेको बताएका छन् ।
खासमा भाइरसले प्रायः आफ्नो रुप परिवर्तन गरिरहन्छ । अर्थात् त्यो सधै म्यूटेट गरिरहन्छ । त्यसैले उसको व्यवहारमा आइरहेको परिवर्तनमाथि वैज्ञानिक पेनी दृष्टि राख्छन् ।
यसबाट किन चिन्ता बढिरहेको छ?
यि तीन कुराका कारण भाइरसले सबैको ध्यान आफूतर्फ तानिरहेको छः
यो तीव्र रुपमा भाइरसको अरु प्रकारको स्थान लिइरहेको छ
हुनसक्छ, भाइरसको ती हिस्सामा परिवर्तन भइरहेको छ, जुन महत्वपूर्ण हुन्छन्,
केही म्यूटेशनका साथ प्रयोगशालामा प्रयोगमा देखिएको छ कि, तिनीहरुको मानव कोशिकालाई संक्रमित गर्ने क्षमता बढ्छ ।
यो सबैले यसतर्फ इशारा गर्छ कि, यो नयाँ प्रकार पहिलेको भन्दा अधिक तीव्र गतिमा फैलिन सक्छ । यद्यपी निश्चित रुपमा हाल यसका बारेमा केही भन्न नसकिने बताइएको छ।
कोभिड–१९ जेनोमिक्स यूके कन्सोर्टियमका प्रोफेसर निक लोमनले भने, प्रयोगशाला परीक्षणको आवश्यकता पर्छ यो कुरा साचो हो, तर के कुनै कदम उठाउनुभन्दा पहिले तपाई हप्तौँ वा महिनौँसम्म प्रतीक्षा गर्न चाहनुहुन्छ । मलाई लाग्दैन कि, यस्तो अवस्थामा प्रतीक्षा गर्न सकिन्छ ।
बेलायतमा कति तीव्र रुपमा फैलिरहेको छ?
कोरोनाको उक्त नयाँ प्रकार बारे सबैभन्दा पहिले सेप्टेम्बरमा जानकारी प्राप्त भएको थियो। नोभेम्बरमा लण्डनमा कोरोना संक्रमणको एक चौथाई मामलाहरुमा यो भाइरस कारण थियो।
तर डिसेम्बरको मध्यमा आउँदासम्म दुई तिहाई मामलामा संक्रमणको कारण यहीँ प्रकार पाइयो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए कि, नयाँ प्रकारलाई लिएर हाल यथार्थ जानकारी छैन तर यो कोभिड–१९ रोगको कारण बन्छ र पहिलेको तुलनामा ७० प्रतिशत अधिक संक्रामक हुनसक्छ ।
७० प्रतिशतको यो आँकडा लण्डनको इम्पेरियल कलेजका डाक्टर एरिक भनेल्जले गत शुक्रबार दिएका थिए ।
उनले भनेका थिए, अहिल्यै केही पनि भन्नु हतार हुनेछ । तर अझैसम्म हामीले जे देख्यौँ त्यसबाट यो छिट्टै र पहिलेको प्रकारको तुलनामा तीव्र रुपमा फैलिरहेको तर यसमाथि निगरानी राख्न जरुरी रहेको छ ।
कहाँ–कहाँ फैलियो यो भाइरस?
भाइरसको यो नयाँ प्रकार कि त बेलायतमा कुनै रोगीमा आयो वा यस्तो कुनै देशबाट आयो जहाँ कोरोनाको म्यूटेशन अर्थात् परिवर्तनमाथि दृष्टि राख्ने कुनै सुविधा नभएको बुझिएको छ ।
यो प्रकार उत्तरी आयरल्याण्ड बाहेक पूरै बेलायतमा फैलिएको छ । तर लण्डन, दक्षिण–पूर्व इंग्ल्याण्डमा यसको अधिक संक्रमण पाइएको छ ।
विश्वभरमा भाइरसहरुको जेनेटिक कोडमाथि नजर राख्ने संस्था नेक्स्टस्ट्रेनको तथ्यांक अनुसार, डेनमार्क र अस्ट्रेलियामा पनि यो नयाँ प्रकारको भाइरस प्राप्त भएको छ । तर ती ठाउँहरुमा भने बेलायतबाट गएका मानिसहरुबाटै भाइरस पुगेको बताइएको छ ।
नेदरल्याण्डमा पनि उक्त भाइरसको केही संक्रमण देखिएको छ ।
कहाँबाट आयो नयाँ प्रकार ?
बेलायतमा भेटिएको भाइरसको नयाँ प्रकार अधिक परिवर्तित छ । यसको सबैभन्दा मुख्य कारण यो कुनै रोगीको शरिरमा परिवर्तन भयो, जसको प्रतिरोधी क्षमता कमजोर थियो, जसबाट उसले भाइरसलाई मार्न नसकेको र यस्ता रोगीहरुको शरिरमा नै उक्त भाइरसले बलियो भएर आफ्नो रुप परिवर्तन गरेको हुनसक्ने बताइएको छ ।
भाइरस म्युटेट हुनु सामान्य भए पनि कसरी यो भाइरस म्युटेट भयो भन्ने महत्वपूर्ण विषय हुने गरेको छ । अहिलेसम्म यसको स्पष्ट जानकारी मिलेको छैन । तर वैज्ञानिकहरुले कुनै कमजोर संक्रमितको शरीरबाट कोरोना भाइरसले थप शक्तिशाली हुने मौका पाएको हुन सक्ने बताएका छन् ।
अहिलेसम्म यस नयाँ संक्रमणको कारण मृत्युदर बढेको कुनै प्रमाण पाइएको छैन । तर यस विषयमा अनुसन्धान गरिनु भने जरुरी छ।
के यसबाट संक्रमण अझै खतरनाक हुनेछ?
हालका लागि यसको कुनै प्रमाण प्राप्त भएको छैन । तर यसको निगरानी गर्नुपर्नेछ ।यसबाट अवस्था खराब हुनसक्ने बताइएको छ ।
यद्यपि भाइरसको नयाँ प्रकारले संक्रमितको संख्या बढाउने र यले गर्दा अस्पतालमा पनि मानिसहरुको भीड बढ्छ । जसको कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने जानकारहरुको भनाई छ ।
भाइरसको नयाँ प्रकारमाथि भ्याक्सिनको असर होला त?
अहिलेसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिनको असर नयाँ प्रकारमा पनि रहने निश्चित रहेको बताइएको छ । नयाँ प्रकारमा पनि अन्य लक्षण र यसले पार्ने असरमा कुनै परिवर्तन नआएको हुँदा भ्याक्सिनले पनि काम गर्ने विश्वास लिइएको छ । बेलायतमा हाल जुन ती भ्याक्सिन रहेका छन्, त्यसबाट शरिरको प्रतिरोधी क्षमता बलियो हुन्छ ।
यस्तोमा भाइरसले रुप परिवर्तन गरेपनि प्रतिरोधी क्षमताले त्यसमाथि आक्रमण गरेर त्यसमाथि बेअसर गर्न सक्छ ।
यसै किसिमले भाइरस शक्तिशाली बन्दै गएको अवस्थामा भने आगामी दिनमा भ्याक्सिनले पनि काम नगर्ने अवस्था आउन सक्ने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरिरहेका छन्। यदि कोरोना भाइरस भ्याक्सिन भन्दा पनि शक्तिशाली बन्यो भने कोरोना भ्याक्सिन पनि फ्लुको भ्याक्सिन जस्तै निरन्तर अपडेट गरिरहुनुपर्ने बताइएको छ ।-मेरोलगानीबाट