काठमाडौं, ८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षमा विभाजित भएपछि नेताहरुपनि विभाजित भएका छन् । यसअघि उनी दाहाल नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी थिए ।
तर, अहिले ओली पक्षले महासेठलाई प्रदेश २ का केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने सूचीमा राखेपछि उनको कित्ताकाट भएको छ । महासेठकी श्रीमती पार्टी केन्द्रीय सदस्य जुलीकुमारी महतो ओली पक्षतिर लागेपछि उनी पनि उतै लागेका हुन्। ओलीले उनलाई यसअघि भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । File Photo