Logo

कित्ताकाटका लागि बादलको दौडधुप तिव्र, प्रधानमन्त्री ओलीसँग भेट



काठमाडौं, ८ पौष । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आज बालुवाटार पुगेर उनले ओलीसँग एक घन्टा एक्ला एक्लै कुराकानी गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि कुनै कित्तामा नलागेका बादलले आफ्नो धारणा र सुझाव ओलीसमक्ष राखेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनी अझै तटस्थ नै रहने पक्षमा छन् । त्यही ढंगले ओलीसँग कुराकानी गरेका छन् ।

यसअघि बादललाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल्चोकमा गई हिजो भेटेका थिए । बादलसँगको भेटपछि प्रचण्डले उनी आफ्नो पक्षमा आउने अभिव्यक्ति दिएका थिए । हिजै बादलले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा पुगी भेटवार्ता गरेका थिए । बामदेव पनि अहिले तटस्थ भूमिकामा छन् ।

नेकपाभित्र स्थायी कमिटी सदस्यहरुको कित्ताकाट (को कता, सूचीसहित)

बामदेव र बादल कुनैपनि समूहमा नलागी फरक योजना साथ अगाडि बढ्ने तयारीमा समेत छन् । बामदेवले त नयाँ पार्टी बनाउने तयारी थालेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्