८ पुस: बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ ।
बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तर–सीमा यात्रा खुकुलो बनाउन लागिएको हो ।
बेलायतमा कोभिड–१९ को नयाँ स्वरुपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरिसँगै अधिकाँश युरोपेली मुलुकहरुले बेलायतीहरुको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए ।
मङ्गलबार डोभरमा सयौं मालबाहक ट्रकहरुको ताँती देखिएको थियो । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ ।
बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले मङ्गलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गरेका थिए । सहमति अनुसार अति जरुरी काम परेर यात्रा गर्न चाहने व्यक्तिलाई कोभिड–१९ को परीक्षणमा नेगेटिभ हुनुपर्ने छ ।
तर, उनले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरु नलैजान चालकहरुलाई आग्रह गरेका छन् ।
फ्रान्सेली यातायात मन्त्री जाँ–बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डुङ्गा र युरोस्टार रेल बुधबार बिहानदेखि शुरु हुने जानकारी दिए ।–एएफपी/Photo: Agency