Logo

प्रचण्ड नेकपा ‘संसदीय दल’ को नेता बन्दै



काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपनि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूह त्यो मान्न तयार छैन । बरु उक्त समूह धमाधम बैठक डाक्दै निर्णयहरु लिन थालेको छ ।

आज नेकपाको संसदीय दलको बैठक शुरु भएको छ । उक्त बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने भएको छ ।

नेकपाको प्रचण्ड पक्षीय बैठकले हिजो ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो । योसँगै उक्त समूहमा दुई अध्यक्ष भएका छन् ।



प्रतिक्रिया दिनुहोस्