Logo

संसद बिघटनबारे प्रचण्डले भने: ठुलो षड्यन्त्र र देशी विदेशी शक्तिको चलखेल



काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बिघटनका पछाडि ठुलो षड्यन्त्र भएको बताएका छन् । उनले यो घटनालाई निकै गम्भीर भन्दै देशी विदेशी शक्तिको समेत चलखेल भएकाले खुल्दै जाने बताए ।

‘यो घटनाका पछाडि ठुलो षड्यन्त्र छ,’ प्रचण्डले संसद बिघटन गरिएको देशको पछिल्लो विकसित घटनाबारे आज संसदीय दलको नेता चयनपछि भने,‘देशी विदेशी शक्तिको चलखेल समय क्रममा खुल्दै जानेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चर्को आलोचना गरेका ओलीले कुनैपनि षड्यन्त्रलाई असफल पार्ने बताए । नेपाललाई अस्थिर बनाउने चलखेल अन्र्तगत घटना घटाइएको उनको भनाई थियो ।

प्रचण्डले संसद पुर्नस्थापना गर्ने दृढता समेत व्यक्र गरे । उनले भने,‘हामी संसद पुर्नस्थापना गरी नयाँ सरकार बनाउने छौं ।’ संसद पुर्नस्थापनाका लागि अब केन्द्रित भएर अगाडि बढ्ने समेत बताए ।

नेकपा संसदीय दलको नेत ाचयन भएका प्रचण्डले आफूहरु नै वैधानिक भएको दाबी गरे । उनले केन्द्रीय कमिटी र संसदीय दलमा समेत बहुमत भएकोले आफूहरु नै आधिकारिक हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम असंवैधानिक र पार्टी सम्बन्धी निर्णयहरु अवैधानिक भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्