एजेन्सी, ८ पुस। हालसम्म कोभिड–१९ मुक्त रहेको कोरोना भाइरस अब अन्टार्कटिका महादेशमा पनि पुगेको छ ।
अन्टार्कटिका महादेशमा रहेका चिलेका सेनाले आफ्नो बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको बताएका हुन् ।
सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक रहेका छन् भने १० जना त्यहाँ मर्मतसम्भार गर्ने कामदार रहेको बताइएको छ । सङ्क्रमित सबैलाई चिली पुर्याइएको बताइएको छ ।
केही दिन पहिले चिलीका सेनाले उक्त अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गर्ने सेनाको एउटा जहाज चालक दलका तीन जनामा कोरोनो पोजिटिभ पाइएको पुष्टि गरेका थिए ।
त्यहाँ सङ्क्रमण पुष्टि भएको खबरसँगै अब विश्वका सातवटै महादेशमा कोरोना भाइरस पुगेको छ ।
सरेन्तो अल्दिया नामक पानीजहाज गत २७ नोभेम्बरमा बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिली फर्केको थियो ।-मेरोलगानी/Photo: Agency