Logo

थप ५ जना संक्रमितको मृत्यु



काठमाडौं, ८ पुस । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ७ सय ४३ थपिएका छन् । आज ९ सय ५२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५५ हजार ९ सय ७९ संक्रमित भएपनि २ लाख ४६ हजार ६ सय ६१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार ५ सय १५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय ९  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्