Logo

नायिका सुहाना थापा परिवारसँगै अमेरिका



काठमाडौं, ८ पुस । देशमा कारोना भाइरसको कारण धेरै समय लकडाउन भयो । लकडाउनको कारण सम्पुर्ण क्षेत्र प्रभावित भए । फिल्म क्षेत्रपनि त्यसबाट अछुतो रहेन् । सरकारले अनुमति नदिएपनि बन्द भएका फिल्मका कामहरु दशैयता धमाधम सुरु भएका थिए । दशैयता सुरु गरेको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन हाल भने रोकिएको छ । निर्माण पक्षका अनुसार नायक अनमोल केसी बिरामी भएको देखिनु पर्ने भएकोले २ महिनाको लागि स्थगित गरिएको हो ।

अनमोल केसीले १० केजी तौल घटाउनमा लागि परेका छन् । फिल्मको काम रोकिएपछि नायिका तथा निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिल कुमार थापा अमेरिका पुगेका छन् । सोमबार उनीहरु अमेरिका गएका हुन् । एक महिना बसाईमा पारिवारिक भेटघाट गर्ने र छोरीको अध्ययनको लागि परिवार नै अमेरिका गएको बुझिएको छ ।

जानकारीका अनुसार ‘ए मेरो हजुर ४’ को एक गीत पनि अमेरिकामा नै खिच्ने तयारीमा निर्माणपक्ष रहेको छ । सबैकुराको बन्दोबस्त भएपछि अनमोल केसी अमेरिका जाने छन् । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाद्वारा निर्देशन गरेको यो दोस्रो फिल्म हो । जसमा छोरी सुहाना र अनमोल केसीले रोमान्स गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्