Logo

सलमानको फिल्मले अजय देवगनको फिल्मसँग टक्कर लिने



एजेन्सी, ८ पुस । कोरोना भाइरसको संकट विस्तारै टर्दै जाँदा फिल्मको रिलिज मिति अगाडी नै तोक्ने लहर नै चलेको छ । पहिला बलिउडमा जम्मा एक/दुई महिना अगाडि मात्र फिल्मको रिलिज मिति तोकिन्थ्यो, तर अहिले भने २/३ वर्ष अगाडी नै घोषणा गर्ने प्रचलन बढेको छ ।

अजय देवगनले ‘मेडे’ नामको फिल्म बनाउने घोषणा गरेका छन् । फिल्मको सुर्टिङ अझै सुरु हुँदैछ, तर उनले रिलिज मिति तोकिसकेका छन् । ईद २०२२ २९ अप्रिलमा मिति तोकेका छन् । यो फिल्म अजय आफैले निर्देशन गर्ने र अमिताभ बच्चन जस्ता दिग्गज कलाकारले अभिनय गर्ने भएकोले पनि विशेष हुनेछ ।

तर ईदमा अवसरलाई सधै सलमान खानले एकाधिकार जमाउने गरेका थिए । वर्षै पिच्छे उनकै फिल्म ईदमा रिलिज हुन्छ । दर्शकहरुले पनि ईद भन्दासाथ सलमानलाई नै सम्झन्छन् ।

अजयले ईदमा फिल्म रिलिज गर्ने घोषणा गर्नु भनेको सलमान खानलाई चुनौती दिएका हुन् । ईदमा फिल्म रिलिज मिति तोकेर अजयले स्थान पहिले नै ओगटेका हुन् । यो समयमा सलमानको कुनै न कुनै फिल्म अवश्य पनि रिलिज हुनेछ ।

सलमानको फिल्म किक २ अथवा टाइगर सीरिजका तेस्रो फिल्म ईदमा आउने सम्भावना हुन्छ । सम्भावना धेरै किक २ फिल्मको रहेको छ । यदि अजय देवगनले मैदान छाडेनन् भने सलमानको जुन फिल्म आएपनि टक्कर हुनेछ ।



प्रतिक्रिया दिनुहोस्