Logo

प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा ‘प्रचण्ड’ चयन



काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधवार बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । प्रचण्ड–माधव समूहको मंगलवार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष केपी ओलीलाई कारबाही गरेर संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधवार प्रचण्ड–नेपाल समूहका सांसदहरूको बैठकमा उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।

यस्तै प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा अहिले पनि ११५ जना सांसद सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्