Logo

‘अविश्वास प्रस्ताव विघटनपछि’



काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटनकै दिन पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भयो । तर, कुन पहिला भन्नेमा विवाद बढ्यो । उही कागजमा दुई थरी समय राखेर सार्वजनिक गरियो, एउटा १०ः५० बजे, अर्को ०३ः५० बजे ।

प्रधानमन्त्री ओलीविरुद्ध सत्तापक्षकै ९० जनाको हस्ताक्षर लिएर त्यसदिन अविश्वासको प्रस्ताव दर्ता गर्न सभामुख अग्नि सापकोटासमक्ष पुगेका थिए, जनार्दन शर्मा । सभामुख सापकोटाको तोक आदेशअनुसार दर्ता भएको उक्त प्रस्तावमा दर्ताको समय बिहानको राखिएको भन्दै संघीय संसद्का कर्मचारीले असन्तुष्टि जनाए ।

कर्मचारीले दिउँसो साढे ३ बजे दर्ता भएको प्रस्तावलाई बिहान दर्ता भएको भनेर गलत सूचना प्रवाह गर्न नहुने अडान राखे । जबकि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट दिउँसो २ बज्न केही मिनेटअघि मात्र प्रतिनिधिसभा विघटन गरिएको सूचना प्रकाशन भएको थियो ।

कर्मचारीको अडानपछि टिपेक्स लगाएर साढे ३ बजे अविश्वास प्रस्ताव दर्ताको समय राखियो । र, त्यही वास्तविक समय थियो । संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति प्रकाशन गरी अविश्वास प्रस्ताव दिउँसो साढे ३ बजे नै दर्ता भएको स्पष्टीकरण दिएका छन् ।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot