Logo

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा



 

काठमाडौं, पुस ९ । म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा युनाइटेडका लागि अन्तिम समयमा एडिन्सन काभानी र एन्थोनी मार्शलले गोल गरेका हुन् । ८८ औँ मिनेटमा काभानीले गोल गरी टिमलाई अग्रता दिलाए । इन्जुरी सयमको छैटौँ अर्थात ९६ औँ मिनेटमा मार्शलले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।

फाइनल प्रवेशका लागि युनाइटेड अब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहमले स्टोक सिटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot