एजेन्सी, ९ पुस । मलेशियाले ब्रिटिश स्वीडिस कम्पनी एस्ट्रेजेनेकासंग ६४ लाख डोज कोरोना खोप खरिद गर्ने सम्भौता गरिसकेको छ । उसले रुसी खोप उत्पादन कम्पनी स्पुतनीक भीसंग पनि खोप खरिद गर्ने योजना बनाइरहेको प्रधानमन्त्री मुहिद्दिन यासिनले मंगलबार टेलिभिजन भाषणमा जानकारी गराएका हुन् ।
मलेशियन स्वास्थ्य मन्त्री र विज्ञान प्रविधि मन्त्रीले खोप मुलुकमा खोप तुरुन्तै आपूर्ति हुने विश्वास व्यक्त गरेको छ । मलेसियन सरकारले चिनियाँ कम्नी सिनाभ्याक र क्यानसिनो संग समेत सम्भौता गसिरहेको छ । सुरक्षीत र प्रभावकारी खोपलाई मात्र मलेसियन सरकारले आपूर्ति गर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
दक्षिण पूर्वी एसियामा मलेसिया ओप आपूर्ति गर्ने पहिलो देश रहेको प्रधानमन्त्रीले जनाएका थिए । खोप खरिद गर्न सरकारले ७० करोड विनियोजन गरेको जनाइएको छ । सन् २०२१ को लागि फाइजरसंग पनि मलेसियन सरकारले गत महिना १ करोड २८ लाख डोज आप्रर्ति गर्न सम्भौता गरेका थियो ।-Photo: Agency