एजेन्सी, ९ पुस । बगदादको ग्रीन जोनमा आइतबार मिसाइल आक्रमण भएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा करिब तीनवटा मिसाइल आक्रमण भएको हो । उक्त घटनमा क्षती वा घाइतेको विवरण सार्वजनिक नभएको जनाइएको छ । ग्रीन जोन वा अन्तराष्ट्रिय क्षेत्रमा कुटनितीज्ञ र इराकको सरकारी निकायमा कार्यरत व्यक्तिहरुको बसोबास गर्ने क्षेत्र रहेको बुझिएको छ ।
आक्रमण भएको क्षेत्रमा अमेरिकी दूतावाससमेत रहेको छ । विगतको महिनामा समेत अमेरिकी दूतावासलाई लक्षित गरी आक्रमण भएको थियो । वासिङटनले उक्त घटनाको दोषी इराकमा रहेको आतंकवादी संगठन मिलिसियालाई देखाएको छ ।-Photo: Agency