Logo

रुसले ६० प्रतिशत बयस्क नागरिकलाई कोरोनाविरुद्वको खोप लगाउने



एजेन्सी, ९ पुस । रुसका ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोना भाइरसविरुद्वको खोप लगाइने भएको छ । यस विषयको जानकारी रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले एक अन्तरवार्तामा गराएका हुुन् ।

उनले भने, ‘हामी करिब ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोनाविरुद्व खोप दिने छौँ । उनीहरुलाई हामी प्रथमिकतामा राखेको छौँ ।’ महामारीका कारण विश्वभर ७ करोड ७१ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या १६ लाख भन्दा बढी पुगेको छ ।

रुसमा मात्र कोरोना संक्रमितको संख्या २८ लाख १९ हजार चार सय २९ पुगेको तथ्यांक छ भने २२ लाख ५४ हजार ७ सय ४२ जनामा संक्रमण मुक्त भएको छ । त्यसैगरी, रुसमा ५० हजार ३ सय ४७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot