काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ । आज बस्ने उक्त समूहको बैठकले पाण्डेलाई महासचिव बनाउन लागेको हो ।
प्रचण्ड समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको निर्णय गरेर पाण्डेलाई बनाउने प्रस्ताव पारित गर्ने बुझिएको छ । पौडेल नेकपाका वर्तमान महासचिव हुन् । उनी ओली समूहमा छन् ।
नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो
महासचिव बनाइन लागेका पाण्डे माधव नेपाल पक्षधर हुन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा उनी इश्वर पोखरेलसँग झीनो मतान्तरले महासचिवमा पराजित भएका थिए । निकै संयम राख्न सक्ने नेताका रुपमा उनको परिचय छ । पाण्डेको चुनावी क्षेत्र चितवन हो ।