Logo

पूर्वसभामुख दमननाथ ढुंगानाले भनेः प्रतिनिधिसभा पुनःस्थापना फेरि सडकबाटै ?



काठमाडौं, ९ पौष । पूर्व सभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभाको पुनः स्थापना फेरि सडकबाटै हुनेतर्फ देश जाने टिप्पणी गरेका छन् । उनले देश अहिले निकै संकटमा परेको र समानाको उपाय प्रतिनिधिसभा नै भएको जिकिर गरे ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै ढुंगानाले देश यतिबेला अभिभावकविहीन भएको समेत बताए । उनले राज्यको सबै सर्वोच्च पदाधिकारी विवादमा परेको उल्लेख गरेका छन् । ‘संविधान, लोकतन्त्र संकटमा परिसक्यो,’ ढुंगानाले ट्वीटमा भनेका छन् ।

ढुगानाको ट्वीटः राष्ट्र यतिबेला अभिभावकविहीन भएको छ। संविधानसम्मत आचरण नगर्दा राज्यका सबै सर्वोच्च पदाधिकारी विवादास्पद भएका छन्। संवैधानिक परिषदका नियुक्ति पनि अमान्य भए। संविधान, लोकतन्त्र संकटमा परिसक्यो। समाधान छिट्टै प्रतिनिधिसभा नै हो। प्रतिनिधिसभा पुनर्स्थापना फेरि सडकबाटै?



प्रतिक्रिया दिनुहोस्