Logo

नेकपाको प्रचण्ड समूहद्वारा आन्दोलनको घोषणा, यस्तो छ कार्यक्रम



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूह आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको उक्त समूहको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

भोलि प्रचण्ड समूह माइतीघरमण्डलामा जम्मा भई शुरुमा सर्वोच्च अदालत विहान दश बजे जाने र १२ बजे निर्वाचन आयोज जाने कार्यक्रम राखेको छ । भोलि नै २ बजे पत्रकार सम्मेलन गर्ने तय गरेको छ ।

११ पौषमा प्रदेश कमिटीहरुको बैठक गर्ने, १२ गते जिल्लास्तरीय भेल ागर्ने, १४ गते राजधानीलगायत देशभर वरोध प्रदर्शन गर्ने तय भएको जनाइएको छ ।

२० पौषमा देशभरका नगर, गाउँपालिकाको बैठक गर्ने निर्णय गरेको छ । २५ पौषसम्म देशभरका वडा तहसम्म बैठक गरिसक्ने जनाइएको छ ।

नेकपा प्रचण्ड समूहले पहिलो चरणको आन्दोलनपछि माघमा विरोध प्रदर्शनलाई चर्काउने तयारी समेत गरेको छ । आन्दोलनको परिचालनको जिम्मेवारी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिइएको छ । उनको संयोजकत्वमा १००१ जनाको कमिटी गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्