Logo

लागुऔषध सहित पक्राउ



काठमाडौं, ९ पुस । अवैध लागुऔषध सहित २ जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट नियन्त्रित लागूऔषध १० थान स्कुफ सिरप, १ सय ४ पिस नाईट्रोजन, ७२ पिस उईनपास मोफोट, ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल फेनारगन, ८ एम्पुल डाईजेपाम र २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दिपक राई र ३५ वर्षीय शेर बहादुर बस्नेत रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ४३१८ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्