Logo

प्रहरी कर्मचारीमाथि अपशब्द बोल्ने पक्राउ



ललितपुर, ९ पुस । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ललितपुर धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा.८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई(बुझाई गर्नेक्रममा उनीहरूले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्