Logo

झारफुक गर्ने बहानामा जबरजस्ती करणी



काठमाडौं, ९ पुस । झारफुक गर्ने बहानामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शंखरापुर नगरपालिका–६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ हैबुङका ४६ वर्षीय भिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्