Logo

युट्युबमा आक्रामक व्यापार गर्दै ‘छक्का पञ्जा ३’



काठमाडौं, ९ पुस । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ युट्युबमा सार्वजनिक भएको छ । बुधबार बेलुका सार्वजनिक भएको उक्त फिल्मलाई ७ लाख भन्दा धेरैले हेरेका छन् । यो फिल्मलाई दशै अगाडि नै ओटीटी प्लेटफर्म ‘चलचित्र एप’मा राखिएको थियो । यसबाट बाट फिल्म पाइरेसी भएको जानकारी पाएपछि हाइलाइट्स नेपालले हिजो साँझ युट्युबमा सार्वजनिक गरेको हो ।

धेरै मानिसको मोबाइलमा फिल्म पुगेपछि निर्माण टिमले नै हाइलाइट्स नेपाललाई युट्युबमा फिल्म अपलोड गर्न अनुरोध गरेका थिए । युट्युबमा फिल्म अपलोड गरेपछि धेरै राम्रा प्रतिक्रियासहित ७ लाख भन्दा धेरै भ्युज पाएको छ । अहिले यो फिल्म युट्युबको टेन्डिङको ६ औं नम्बरमा छ ।

२ वर्ष अगाडी प्रदर्शन भएको यो हिट फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बृद्धि तामाङ लगायत हास्य कलाकारहरुको जोडदार अभिनय रहेको छ । फिल्मका भएको गीत ‘पछि उमेर ढल्कन्छ’ को निकै चर्चा भएको थियो । फिल्मले पछिल्लो समयमा भएका शैक्षिक बेतिथिको विषयलाई चलचित्रको पर्दामा उतारेको छ ।



प्रतिक्रिया दिनुहोस्