Logo

कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु



काठमाडौं, ९ पुस । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ६ सय १३ थपिएका छन् । आज ७ सय ३९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५६ हजार ५ सय ९२ संक्रमित भएपनि २ लाख ४७ हजार ४ सय  संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार ३ सय ८४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ९६ हजार २ सय ५० जनाको पिसीआर परिक्षण भएको छ भने  क्वारेन्टिनमा बस्नेको सख्या  ४००  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot