Logo

उपत्यकामा २४४ संक्रमित थप



काठमाडौं,  ९ पुस । काठमाडौं उपत्यकामा आज २४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय १३ जना थपिएकोमा काठमाडौंमा मात्र २४४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १ सय महिला र  १४४ पुरुष रहेका छन् । आज ७ सय ३९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५६ हजार ५ सय ९२ संक्रमित भएपनि २ लाख ४७ हजार ४ सय  जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार ३ सय ८४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ९६ हजार २ सय ५० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot