Logo

काँग्रेसले संसद बिघटनको कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रमा पौष १३ गते विरोध कार्यक्रम गर्ने



काठमाडौं, ९ पौष । नेपाली काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध विरोध प्रदर्शनलाई तल्लो निकायसम्म विस्तार गर्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले १३ पौषमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संघीय निर्वाचन क्षेत्रमा पौष १३ गते विरोध प्रदर्शनको कार्यक्रम तय भएको जानकारी दिए । यसका लागि काँग्रेसले तयारी अगाडि बढाइसकेको जनाइएको छ ।

काँग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद बिघटनको विरुद्ध सडक संघर्षमा जाने वा चुनावी तयारीमा जाने भन्ने विषयमा विवाद कायमै छ । सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु चुनावमा केन्द्रित हुनुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने आन्दोलनमा जानुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्