Logo

मेगा बैंकको साधारणसभा पुस २९ मा, लाभांश वितरण गरिने



काठमाडौं, ९ पुस । मेगा बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १० औं वार्षिक साधारणसभा केन्द्रिय कार्यालय कमलादीमा बिहानको ११.३० बजे बोलाएको हो । आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र ३.०५% नगद लाभांश वितरण गर्ने योजना राखेको बैकले जनाएको छ ।

बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि अगि सारेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्ज गर्ने, गराउने सम्बन्धि सम्पुर्ण काम गर्न सञ्चालक समितिलाई दिने पनि प्रस्ताव रहेको छ । सेयरधनीले पुस १६ गतेसम्मको लाभांश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्