Logo

प्रभु बैंकको लाभांश सेयरधनीहरुले मात्र पाउने



काठमाडौं, ९ पुस । प्रभु बैंकले प्रस्ताव गरेको लाभांश सेयरधनीहरुलाई मात्र दिने भएको छ । पुस ९ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्र लाभांश पाउने भएका हुन् । बैंकले यो वर्ष १०% बोनस र ०.५३% नगद लाभांश वितरणको प्रस्ताव गर्ने भएको हो । आगामी साधारण सभा र लाभांशको लागि बैंकले पुस १० गते बुक क्लोज गर्ने जनाएको छ ।

लाभांश र साधारण सभामा भाग लिनका लागि पुस ९ गतेसम्म सेयर कायम गर्नुपर्ने हुन्छ । बैंकको १९ औं साधारण सभा पुसको २६ गते बोलाएको छ । सभाले सर्वसाधारण समुहबाट ३ जना र लाभांशसहित सस्थापक समुहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने पनि बैंकले जनाएको छ । सभाले बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने सम्बन्धि सम्पुर्ण जिम्मेवारी समेत सञ्चालक समितिलाई दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्