Logo

ओली र प्रचण्डले फालेको अस्त्रमा काँग्रेस नेताहरु रँगमँगिए



काठमाडौं, ९ पौष । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले फालेको संसद बिघटन र मध्यावधि चुनावको अस्त्रले राजनीतिक तरंग नै ल्याएको छ । यसपछि ओली स्वयं अनेकन अस्त्र फालिरहेका छन् । त्यसको वाद प्रतिवादमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अस्त्र फालिरहेका छन् ।

यी दुईको शक्ति संघर्षमा काँग्रेस भने रँगमँगिएको छ । एउटा पक्ष ओलीको चुनाव घोषणाबाट दंग छ । त्यसै दिशातर्फ बढ्नुपर्ने भन्दैछ । अर्कोपक्ष, त्यसको प्रतिवाद गर्दै आन्दोलनमा जानुपर्ने पक्षमा छ । उक्त पक्ष प्रचण्डले फालेको अस्त्रमा रँगमँगिएको छ ।

काँग्रेसभित्रको सभापति शेरबहादुर देउवा पक्ष चुनावी तयारीमा जानुपर्ने भन्दैछ । उक्त पक्ष निकै उत्साही छ । नेकपा फुटेकाले चुनावमा भारी बहुमत ल्याउने आँकलन गर्दैछ । तर, अर्को पक्ष ओलीले अनेकन दाउ खेलेर चुनाव हुन नदिने र शासन गरिरहने आँकलन गर्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बुझाई ओलीले अलमलाउँदै अझै दुई वर्ष शासन गर्नसक्ने आँकलन गरिरहेको छ । त्यही प्रकारको आशय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कामचलाऊ नभई फुल फेजको सरकारको प्रधानमन्त्री भनी ओलीलाई भनेर गरेका छन् ।

कुनैबेला आफूले राजनीतिक अस्त्र फालेर अन्य दलको राजनीतिलाई प्रभावित बनाउने काँग्रेस अहिले भने नेकपाको दुई नेताको शक्ति संघर्षले फालिएका कार्डहरुबाट रँगमँगिएको छ ।



प्रतिक्रिया दिनुहोस्