Logo

भारतले भन्योः नेपालको पछिल्लो राजनीतिक विकास ध्यानमा



काठमाडौं, ९ पौष । भारतले नेपालको पछिल्लो विकसित घटनाक्रमलाई ध्यानमा राखिएको जनाएको छ । उसले यसलाई नेपालको आन्तरिक मामला समेत भनेको छ ।

आज भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,‘हामीले नेपालको पछिल्लो राजनीतिक विकासलाई ध्यानमा राखेका छौ ।’ उनले नेपालको आन्तरिक विषयलाई नेपाली जनताले लोकतान्त्रिक प्रक्रियाबाट निर्णय लिन सक्ने भारतको स्पष्ट धारणा भएको समेत बताए ।

भारतले नेपाल र नेपाली जनतालाई शान्ति, समृद्धि र विकासका दिशामा बढ्न निरन्तर सहयोग गरिरहने समेत बताए ।

नेपालमा प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे भारतले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । भारतीय सञ्चारमाध्यमले ओलीको आलोचनासहितका खबरहरु आइरहँदा विदेश मन्त्रालयका प्रवक्ताले यसबारे धारणा स्पष्ट पारेका हुुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot