Logo

तयारी छाला निकासी स्वाट्टै घट्यो



विराटनगर, पुस १० । छालाको माग नआएपछि पूर्वी नाकाबाट हुने तयारी छाला निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू १० करोड ९१ लाख मूल्यबराबरको २४ लाख वर्गफिट तयारी छाला प्रदेश १ का तीन उद्योगले भारत चीनलगायत यूरोपेली मुलुकमा निकासी गरेका थिए । तर, कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण उद्योगले यो वर्ष तयारी छाला यूरोप र चीन पठाउन सकेका छैनन् ।

चालू आर्थिक वर्ष ९आव० को ५ महीनामा रू। ५४ लाख ९५ हजार मूल्य बराबरको १ लाख ६० हजार वर्गफिट छाला भारत निकासी भएको छ । चीनबाट व्यापारीहरू नआएकाले त्यसतर्फ निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । त्यस्तै यूरोपेली मुलुकतर्पm पनि माग नआएका कारण निकासी गर्न सकिएको छैन ।

आव २०७५र७६ मा विराटनगर भन्सार कार्यालयबाट २८ करोड ७८ लाख बराबरको ५ लाख ७८ हजार वर्गफिट छाला निकासी भएको थियो । अहिले त्यसको आधा पनि निर्यात गर्न नसकेको बताइन्छ, नेपालबाट ११ ओटा छाला उद्योगले काँचो छाला पेलेर तयारी गरेको छाला रसिया, टर्की, इटाली, ल्याटिन अमेरिका, चीन र भारततर्फ निकासी गर्दै आएका छन् । प्रदेश १ मा रहेका तीनओटा उद्योग र वीरगञ्जमा रहेका अन्य आठओटा छाला उद्योगले तयारी छाला निर्यात गर्दै आएका छन् ।

नेपाल छाला उद्योग संघका उपाध्यक्ष तथा युनाइटेड टेरेनिजका सञ्चालक परवेज अख्तरले बन्दाबन्दी खुलेपछि मुश्किलले १० प्रतिशत तयारी छाला भारत निकासी भएको बताए । नेपालबाट निकासी हुने छाला ५० प्रतिशत यूरोप र बाँकी ५० प्रतिशत भारत र चीन निकासी हुँदै आएको उनले जानकारी दिए । उनको उद्योगले मात्र ३ वर्ष अघिसम्म २० लाख वर्गफिट तयारी छाला निर्यात गर्दै आएको थियो ।

छालाको निकासी शून्यमा झरेपछि उनले हातले बनाएर छालाका जुत्ता उत्पादन गरी बजारमा पु¥याउन थालेका छन् । उनले विराटनगरको सेन्टरमलमा तयारी जुत्ताको शोरूम समेत खोलेका छन् । छालाको निकासी नभएपछि फुर्सदलाई सदुपयोग र कामदारलाई काम दिनका लागि पनि जुत्ता बनाउन थालेको उनले बताए ।

पछिल्लो समय रेक्सोनका जुत्ताले बजार लिइरहेको बेला ओरजिनल छालाको जुत्ताका पारखीका लागि आपूmले जुत्ता निर्माण गरेको उनको भनाइ रहेको आजको आर्थिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्