Logo

केही गर्न नदिएपछि संसद् भंगः ओली



काठमाडौं, पुस १० । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई काम नै गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको बताएका छन् । उनले जनमतअनुसार काम गर्न खोजे पनि हरेक पाइलापाइलामा पार्टीभित्रबाटै अवरोध भएपछि नयाँ जनमत लिन संसद् भंग गरेको बताए ।

बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाललाई झुक्याई रहेको ओलीले बताएका छन् ।

नेपालले आफूसँग उधारो नहुने हाताहाती चाहिन्छ भन्दै ओलीले महाधिवेशनसम्म कुर्न नसके पनि प्रचण्डले हाताहाती अध्यक्ष दिएको भन्दै व्यंग्यसमेत गरे । अध्यक्ष ओलीले जनयुद्ध र जनआन्दोलनमा नलागेका नारायणकाजी श्रेष्ठसँग आन्दोलनकै अनुभव नभएको बताए ।

गुमेको भूमि फिर्ता गराउन खोजेबापत पार्टीभित्र र बाहिर षड्यन्त्र भइरहेको बताउँदै ओलीले भने– ‘हिजो संविधान बनाएबापत, व्यापार सम्झौता गरेबापत, भूपरिवेष्ठितलाई भूजडित बनाएबापत षड्यन्त्र भयो, अहिले गुमेको भूमि फिर्ता ल्याएबापत पार्टीभित्रै बसेर पनि षड्यन्त्र गर्न खोजियो ।’ उनले ओलीले केन्द्रीय कमिटी बैठक नबस्दासम्म पार्टीको निर्णय स्थायी कमिटीबाट गर्ने प्रस्ताव बैठकले पारित गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्