Logo

पाहुनाविहीन अवस्थामा खल्लो क्रिसमस



कास्की, पुस १० । कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको करिब वर्षदिन पुग्नै लागेको छ। कोरोना संक्रमण नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना प्रयाप्त हुन्थे। पर्यटन क्षेत्र सिजन सकिन लाग्दाको अवस्थामा त हुन्थ्यो, तर पनि पाहुनाको भने खासै खाँचो हुँदैनथ्यो। तर, कोरोनाले गर्दा यतिबेला पोखरामा विदेशी पाहुना देख्न पनि सकस छ।

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्