Logo

यी हुन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४५ सांसद (सुचीसहित)



काठमाडौं, १० पौष । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकार गठन भएको तीन वर्षमा पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

पौडेलविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । कुल ८० जना नेकपा सांसद रहेकोमा ४५ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको हो ।

प्रस्तावकमा प्रदेशका मन्त्री शालिकराम जमरकट्टेल छन् । समर्थकमा अर्का मन्त्री अरुणप्रसाद नेपाल छन् । हस्ताक्षरकर्तामा नेकपा बागमती प्रदेशकी इञ्चार्ज अष्टलक्ष्मी शाक्यसहितका नेताहरु छन् । पौडेलसँग मत भिन्नता भई मन्त्री पदबाट विगतमा राजीनामा दिएका केशव स्थापितको भने हस्ताक्षर छैन ।



प्रतिक्रिया दिनुहोस्