Logo

‘सुर्य चिन्ह हाम्रो’ भन्दै प्रचण्ड, नेपाल र खनाल निर्वाचन आयोगमा (फोटोफिचर)



काठमाडौं, १० पौष । ‘हामी यहाँ छौं’ लेखिएको लेखिएको कार्ड र त्यसमुनी सुर्य चिन्ह । आज नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल यसरी निर्वाचन आयोग पुगे । उनीहरुले आयोगमा पुगेर पार्टीमा वैधानिक आफूहरु भएकाले सुर्य चिन्ह पनि आफूहरुकै हुनुपर्ने तर्क राखे ।

आयोगमा तीनजना पूर्व प्रधानमन्त्रीहरु एकसाथ पुग्दा धेरैको चासो थियो । नेपालको इतिहासमा पार्टीको वैधानिकताको दाबी गर्दै तीनजना पूर्व प्रधानमन्त्री निर्वाचन आयोग पुगेको यो पहिलो घटना हो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्