काठमाडौं, १० पौष । प्रतिनिधिसभा बिघटनबारे परेको एक दर्जनभन्दा बढी निवेदनहरुको सुनुवाई संवैधानिक इजलाशमा भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा आज विहान संवैधानिक इजलाश गठन भएको थियो । जसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
इजलाश गठन भएपछि प्रतिनिधिसभा बिघटनविरुद्ध निवेदन दिने र उनीहरुका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । बीच बीचमा प्रश्न प्रतिप्रश्न समेत भएको छ ।
चोलेन्द्रले मौकामा चौका हान्लान् ?
संवैधानिक इजालाशबाट मुद्दाको किनारा लाग्नेछ । सुनुवाइका लागि केही दिन लाग्ने भएकाले अन्तिम किनारा लाग्न केही समय लाग्ने देखिएको छ ।
संवैधानिक इजलाशले संसद बिघटनलाई संवैधानिक र कानुनसम्मत ठहर गरेमा मध्यावधि चुनावमा देश अगाडि बढ्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका दल तथा नेताहरुले सडकबाट संसद ब्युँताउने सम्मको चेतावनी दिएका छन् ।
इजलाशले ओलीको कदमको विपक्षमा फैसला गरेका संसद पुनःस्थापना भई यही प्रतिनिधिसभाको प्रक्रिया अगाडि बढ्नेछ । प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रक्रिया अगाडि बढ्नसक्छ । तर, प्रधानमन्त्री ओली संसद पुनःस्थापना नहुनेमा ढुक्क छन् । उनले यही आशयको अभिव्यक्ति समेत दिएका छन् ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे