Logo

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मीको प्रस्ताव



काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी ओलीनिकट बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि धरापमा छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनलाई हटाएर अष्टलक्ष्मी शाक्यलाइ मुख्यमन्त्रीमा अघि सारिएको छ । अविश्वास प्रस्तावमा शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव छ ।

उसै पनि नेकपाको संसदीय दलमा अल्पमतमै थिए । एक सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८० सांसद छन् । तीमध्ये प्रचण्ड–नेपालको पक्षमा ४६ र ओली पक्षका ३४ मात्रै छन् । यस्तो अवस्थामा मुख्यमन्त्री पौडेललाई बहुमत जुटाउन २२ सांसद अपुग हुन्छन् ।

पौडेलले कांग्रेसको साथ लिन सके भने बहुमत पु¥याउन सक्नेछन् । प्रदेश सभामा कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपा र नेमकिपाका दुई–दुई र एक स्वतन्त्र सांसद छन् । उता, मुख्यमन्त्री पौडेललाई हटाएर सरकारको नेतृत्व गर्न प्रचण्ड–नेपाल पक्षलाई पनि कांग्रेसकै आवश्यकता पर्नेछ । यो समूहलाई बहुमत पु¥याउन १० सांसद आवश्यक पर्छन् । नयाँ सरकार गठनका लागि निर्णायक रहेको कांग्रेसले पनि नेकपा विभाजनको फाइदा उठाउँदै सरकारको नेतृत्व पाउने सम्भावना पनि उत्तिकै छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot