Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १० पुस । अवैध लागूऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कैलाली र सुर्खेतबाट अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका हुन् ।

धनगढी विशालनगरबाट २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बित्थडचिर गाउँपालिका–२ बस्ने २५ वर्षीय करन बोहरा र सोही ठाउँ बस्ने ३२ वर्षीय जय बहादुर बोहरा रहेका छन् ।

अवैध लागूऔषध चरेशको कारोबार भइरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्