Logo

मादक पदार्थसँगै सेवन गरेका साथीको हत्या, दुई जना पक्राउ



झापा, १० पुस । छिमेकीको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–९ बस्ने पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ बर्षीय भुखन किसान रहेका छन् ।
पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि संघीय ईकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बुधलाललाई उनकै गाउँघर र भुखनलाई मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट पक्राउ गरेको जनाएको छ ।

पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातीसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरु बीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ । साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिम समेत प्रहरीले बरामद गरेको बताएको छ

उनीहरुमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्