Logo

थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद



ललितपुर, १० पुस । थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली प्रहरीले बरामद गरको छ । महालक्ष्मी धापाखेलस्थित धापाखेल जङगलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बिहीबार साँझ बरामद गरेको हो ।

ललितपुर सुनाकोठी बस्ने दोलखा घर भएका ५५ बर्षीय गोमन घिमिरेले जङ्गलमा पत्कर सोर्ने क्रममा गोली फेला परेका खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमामा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्