Logo

जबरजस्ती करणी उद्योग अभियोगमा २ जना पक्राउ



बर्दिया, १० पुस । जबरजस्ती करणी उद्योग अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जना बिहीबार बेलुका पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बारबर्दिया नगरपालिका–२ लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ती बालिकालाई बारबर्दिया नगरपालिका–१ जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुले जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्