Logo

ओली गोमन साँप जस्तोः झलनाथ खनाल



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोपन साँपसँग तुलना गरे । उनले गोपन साँपको जस्तै रिस राखेर डस्ने गरेको आरोप लगाए ।

‘ओलीजी गोपन साँप जस्तो हो,’ नेकपा प्रचण्ड समूहको पत्रकार सम्मेलनमा खनालले भने,‘गोमन साँपले आफूलाई चलाउनेको फोटो आँखामा राखेर बदला लिन्छ, उहाँमा त्यही प्रवृत्ति छ ।’ उनले प्रधानमन्त्री ओलीमा अनाधिकृत रुपमा काम गर्ने प्रवृत्ति भएको आरोप समेत लगाए ।

२०२७ सालको झापा आन्दोलन देखि नै ओलीले अनाधिकृत रुपमा काम गर्ने गरेको बताए । अहिले पनि अनाधिकृत रुपमा प्रतिनिधिसभा बिघटन गरेको खनालको आरोप थियो ।

ओलीले अपारदर्शी ढंगले काम गरेको भन्दै भारतका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल बालुवाटारमा किन आएको भनी नेपाली जनतालाई थाहा नदिएको बताए । उनले भने,‘आधा रातमा भारतका गुप्तचर आएर प्रधानमन्त्रीलाई बालुवाटारमा भेटे, उनलाई कस्ले बोलायो ? कसैलाई थाहा छैन ।’

खनालले नेकपाको ओली पक्षलाई रुखको बोक्राको संज्ञा दिए । खनालले आफूहरु नै आधिकारिक भएकाले नेकपाको वैधानिक पक्ष भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्