Logo

तीन वाणिज्य बैंकको सेयर मुल्य समायोजन



काठमाडौं, १० पुस । तीन वाणिज्य बैंकको आज नेपाल स्टक एक्सचेञ्जमा सेयर मुल्य समायोजन भएको छ । नेप्सेमा शुक्रबार प्रभु बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र आरएसडिसी लघुवित्तको सेयर मुल्य समायोजन भएको जनाएको छ ।

एभरेष्ट बैंकको ५ प्रतिशत बोनस समायोजन पछिको सेयरमुल्य प्रतिकित्ता ६८१ रुपैयाँ, नेपाल बंगलादेश बैंकको ६Þ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता २५० रुपैयाँ र प्रभु बैंकको १० प्रतिशत बोनस समायोजन पछि प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको हो ।

प्रभु बैंकको बिहीबार ३७५ रुपैयाँमा, एभरेष्ट बैंकको ७७१ रुपैयाँमा र नेपाल बंगलादेश बैंकको २६५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ९ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ५८१ रुपैयाँ कायम भएको आरएसडिसी लघुवित्तले जनाएको छ ।

सेयर प्रतिकित्ता ६३३ रुपैयाँमा लघुवित्तको बिहीबार अन्तिम कारोबार भएको थियो । यी बैंक र लघुवित्तमा नयाँ समायोजन गरिएको मुल्यमा आइतबारदेखि कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्