Logo

रुसमा कोरोनाविरुद्वको खोप लिने ८५ प्रतिशत व्यक्तिमा साइड इफेक्ट देखिएन



एजेन्सी, १० पुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा उत्पादित कोरोना विरुद्वको खोप स्पुतनीक भीलाई रुसमा प्रयोग सुरु गरिएको छ । खोप लिने ८५ प्रतिशत व्यक्तिमा स्पुतनीक भीको कुनै प्रकारको साइड इफेक्ट नदेखिएको सेन्टरका प्रमुखले बिहिबार जानकारी गराएका हुन् ।

स्पुतनीक भीले तेस्रो चरणको परिक्षण गरी प्रयागमा ल्याइएको हो । स्पुतनीक भीको खोप प्रयोग गर्ने व्यक्तिहरु सुरक्षीत र सामान्य अवस्थामा रहेको जनाइएको छ । ८५ प्रतिशत मानिस सुरक्षीत भएका छन् भने १५ प्रतिशतलाई खोप लिएका ठाँउमा रातो दाग देखिएको र सामान्य टाउको दुखाई भएको थियो । २४ घण्टा भित्र टाउको दूखाई पनि सामान्य भएको जनाइएको छ ।

खोप लिएपछि सबै भन्दा घातक भनेको ज्वोरो आउनु हो । ज्वोरो करिब ३८ डिग्री आउन सक्ने हुन्छ त्यसका लागि सामान्य पारासिटामोलले ज्वोरोलाई नियन्त्रण गर्न सककिने प्रमुखले जनाएका छन् । अर्जेन्टिना स्पुतनीक भी प्रयोग गर्ने पहिलो ल्याटिन अमेरिकन मुलुक बनेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्