Logo

१० अर्ब पुँजी नाघ्ने यी ६ बैंक



काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले दिएको लक्ष्य पुरा गर्न बैंकहरुले पूँजी वृद्धिमा कमी आउने धेरैले आंकलन गरेका थिए । तर १५ वटा बैंकहरुको चुक्ता पुँजी १० अर्ब नाघेको छ । आर्थिक वर्षको लाभांश घोषणा गरेपछि दुई दर्जन भन्दा धेरै बैंकहरुको पुँजी पनि सो भन्दा माथि पुग्नसक्ने सम्भावना धेरै रहेको छ । ९ बैंकको चुक्ता पुँजी ९ अर्बको श्रेणीमा छन् भने बाकी ४ बैंकहरुको चुक्ता पुँजी ८ अर्बकै श्रेणीमा रहेको जनाएको छ ।

गएको आर्थिक वर्षको बोनस सेयरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड पुग्ने जनाइएको छ । २० अर्ब भन्दा धेरै चुक्ता पुँजी भएको अहिलेसम्मकै एकमात्र ग्लोबल आईएमई बैंक हो । प्राइम कर्मर्शियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको पनि चुक्ता पुँजी १६ अर्ब भन्दा माथि रहेको छ ।

मेगा बैंकको १४ अर्ब करोड, कुमारी बैंकको १३ अर्ब ६ करोड , नबिल बैंकको १३ अर्ब ४८ करोड र नेपाल बैंकको १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको जनाएको छ । त्यस्तै प्रभु बैंकको ११ अर्ब ३४ करोड र एनआईशी एशिया बैंकको ११ अर्ब ५६ करोड चुक्ता पुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्