Logo

चिनियाँ राजदूत धमाधम नेकपा नेतासँग भेटवार्तामा, कृष्णबहादुर महरा र वर्षमान पुनसँग छलफल



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि चिनियाँ राजदूत होउ यान्छीले दौडधूप जारी राखेकी छिन् । उनले नेकपा नेताहरुसँग लगातार भेटवार्ता गरेकी छिन् ।

आज यान्छीले आज पूर्व सभामुख कृष्णबहादुर महरालाई उनकै निवास खुमलटारमा भेटेकी छिन् । भेटमा नेकपा विभाजनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भएको बुझिएको छ । उक्त भेटमा नेकपा प्रचण्डपक्षीय नेता वर्षमान पुन पनि सहभागी थिए ।

यसअघि हिजो विहान यान्छीले प्रचण्डसँग खुमलटारमा भेटेकी थिइन् । उनले नेकपा एकता प्रयासमा केन्द्रित रहेर कुराकानी गरेको बुझिएको छ ।

राजदूत यान्छीले मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गरेकी थिइन् । उनले केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्