Logo

चिनियाँ राजदूतद्धारा अध्यक्ष नेपालसँग भेटवार्ता



काठमाडौं, १० पुष । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । नेता नेपालको निवासमा भएको भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको जनाएको छ ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले उक्त भेटवार्ताबारे जानकारी दिँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,”नेकपाका अध्यक्ष कमरेड माधवकुमार नेपालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम हाउ यांछीले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा उहॉहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको छ ।” File Photo



प्रतिक्रिया दिनुहोस्