Logo

पूर्वसभामुख महरासँग चिनियाँ राजदूतको शिष्टाचार भेट



काठमाडौँ, १० पुस: पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटमा उनीहरुबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको थियो । पछिल्लो पटक नेकपा (दाहाल–नेपाल) समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।

नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो । राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot